२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गतवर्ष १४ खर्ब ४५ अर्ब भित्रियो  रेमिट्यान्स, असारमा मात्रै १ खर्ब १७ अर्ब


सञ्चार डबली
  • आइतबार, भदौ २ २०८१
  • 8.4K
    SHARES

  • images
    गतवर्ष १४ खर्ब ४५ अर्ब भित्रियो  रेमिट्यान्स, असारमा मात्रै १ खर्ब १७ अर्ब

     

    काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा रेमिट्यान्स १६.५ प्रतिशत बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गतवर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। असार महिनामा मात्रै १ खर्ब १७ अर्ब ८१ करोड रेमिट्यान्स भित्रिएको हो। जेठमा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको थियो।

    अघिल्लो वर्ष भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो। तथ्यांकअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ। 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भइ १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend