२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

साउनमा बजेट खर्चभन्दा राजस्व दोबर, ९६ अर्ब ९५ करोड संकलन


सञ्चार डबली
  • आइतबार, भदौ २ २०८१
  • 8.2K
    SHARES

  • images
    साउनमा बजेट खर्चभन्दा राजस्व दोबर, ९६ अर्ब ९५ करोड संकलन


    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोबर देखिएको छ।महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रूपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी ६ दशमलव ५९ प्रतिशत बराबर हो।

    एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ।

    त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ बराबर विनियोजन गरेको छ।

    चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ बराबर राजस्व उठाउने सरकारको लक्ष्य छ।कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड रूपैयाँ, गैरकर राजस्व एक खर्ब ३५ अर्ब रूपैयाँ र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ बराबर उठाउने लक्ष्य छ।

    चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन।साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख रूपैयाँ र गैरकर राजस्व १७ अर्ब ३३ करोड रूपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend