२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, आवेदन दिने अन्तिम दिन कहिले ?


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 6.9K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, आवेदन दिने अन्तिम दिन कहिले ?

    शुक्रबार, ३२ साउन २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन आह्वान गरेको हो ।

    बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।

    विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित  संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजातसहित इच्छुक तथा योग्य आवेदकले आगामी भदौ २० सम्म आवेदन  दिइसक्नुपर्नेछ ।

    355_nt31oZ2BRf.jpg
    undefined

      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend