२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो आँपदेखि च्याउसम्मको भाउ


सञ्चार डबली
  • शुक्रबार, साउन ३२ २०८१
  • 8.6K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो आँपदेखि च्याउसम्मको भाउ


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची प्रकाशित गरेको छ । यसअघि प्रतिकेजी ५९ रुपैयाँ रहेको मुडेको रातो आलु ६१ रुपैयाँ पुगेको छ भने सेतो आलु ५३ रुपैयाँ ५० पैसा, लोकल गाजर ११६ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली प्रतिकेजी ८६ रुपैयाँ पुगेको छ । 

    यसैगरी, स्थानीय काउली ९ज्यापु० प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी १३५ रुपैयाँ, भटमासकोशा १३० रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तराई परवर ७६ रुपैयाँ ६७ पैसा, चिचिण्डो ३६ रुपैयाँ ६७ पैसा, घिरौला ४६ रुपैयाँ, झिगूनी ६५ रुपैयाँ, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३८० रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै, चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ९५ रुपैयाँ, जिरीको साग ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३७५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, इमली १५६ रुपैयाँ ६७ पैसा, तोफु १५६ रुपैयाँ ६७ पैसा र गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा पर्नेछ । 

    यसैगरी, केरा प्रतिदर्जन १५० रुपैयाँ, मालदह आँप २६५ रुपैयाँ, हरियो तरबुजा ५६ रुपैयाँ ६७ पैसा, मौसम १४५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, हाइब्रीड काक्रो ३५ रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा, लोकल नासपाती ९६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २९० रुपैयाँ र अमला ७५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, अदुवा प्रतिकेजी २४६ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, बुलेट हयिो खुर्सानी ६८ रुपैयाँ ८९ पैसा, माछे खुर्सानी ३६ रुपैयाँ ३६ पैसा, भेडे खुर्सानी ६६ रुपैयाँ, हरियो लसुन १६० रुपैयाँ, हरियो धनियाँ २८३ रुपैयाँ ३३ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा र छडी माछा २४३ रुपैयाँ ३३ पैसा पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend