२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अष्ट्रेलियामा ह्वात्तै बढ्यो बेरोजगारी दर, वर्षयताकै उच्च


सञ्चार डबली
  • बिहीबार , साउन ३१ २०८१
  • 12.5K
    SHARES

  • images
    अष्ट्रेलियामा ह्वात्तै बढ्यो बेरोजगारी दर, वर्षयताकै उच्च


    काठमाडौं ।अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जुन महिनामा यो दर ४.१ प्रतिशत थियो।

    हाल बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ।

    एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अस्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर ६ लाख ३७ हजार १०० पुगेको छ, जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

    सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्छ। यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

    यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रस्ट पार्छ।सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले  विज्ञप्तिमार्फत जानकारी गराएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend