२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

निर्जीवन बीमा कम्पनीको मुनाफा उत्साहप्रद वृद्धि, कुनको कति ?


सञ्चार डबली
  • बिहीबार , साउन ३१ २०८१
  • 7.0K
    SHARES

  • images
    निर्जीवन बीमा कम्पनीको मुनाफा उत्साहप्रद वृद्धि, कुनको कति ?


    काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा सात अर्ब ४३ करोड रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुको मुनाफा उत्साहप्रद तरिकाले वृद्धि भएको छ ।

    निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका कम्पनीहरुमध्ये १२ वटाले खुद नाफा बृद्धि गर्न सफल भएका छन् ।

    अघिल्ल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुको मुनाफा ५२.८१ प्रतिशतले बढेर चार अर्ब ८६ करोडबाट गत आवमा सात अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

    समीक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा आफ्नो नाफालाई १५६ प्रतिशतले बढाएर ६१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।

     त्यस्तै, शिखर इन्स्योरेन्सको मुनाफा १२६ प्रतिशतले वृद्धि भई ५१ करोड ३० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा प्रभु इन्स्योरेन्सले पनि मुनाफालाई ११८ प्रतिशतले आक्रामक तरिकाले बढाउँदै ४९ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    युनाइटेड अजोड इन्स्योरेन्सले १०८ प्रतिशतले बृद्धि गर्दै ३८ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा नेपाल इन्स्योरेन्सले ७० करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले मुनाफालाई अघिल्लो वर्षको तुलनामा ८७.७९ प्रतिशतले वृद्धि गरेको छ ।

     समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६९ करोड २३ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २६ करोड रुपैयाँ र हिमालयन एभरेष्टले ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

    त्यस्तै, यस अवधिमा एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३३ करोड सात लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेका छन् ।

    यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend