२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

करेक्सनपछि शेयर बजारमा दोहोरो अंकको सुधार


सञ्चार डबली
  • बुधबार, साउन ३० २०८१
  • 6.1K
    SHARES

  • images
    करेक्सनपछि शेयर बजारमा दोहोरो अंकको सुधार

    काठमाडौँ, साउन ३० । साताको चौथो कारोबार दिन बुधबार दिन नेप्से परिसूचक ३४.२९ अंकले बढेर २ हजार ९५७.७५ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन सामान्य करेक्सनपछि बजार पुनःलयमा फर्किएको हो । 

    यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३३२ वटा कम्पनीको ५ करोड १२  लाख कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने २१ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ८.३४ अंकले बढेर ५१९.४९ विन्दुमा पुगेको छ ।

     

    यो दिन सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । उक्त कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । 

    त्यस्तै शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, अपी पावर कम्पनी, नेपाल फाइनान्स, सानिमा हाइड्रो पावर कम्पनीको ५८ करोड ३२ लाख रुपैयाँदेखि ६१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

     यो दिन बजार बढेसँगै ११ वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।जसमा सेन्ट्रल फाइनान्स,समृद्धि फाइनान्स, प्रोगेसिभ फाइनान्स,मातृभूमी लघुवित्त वित्तीय संस्था, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी,माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रो छन् ।

    यसैगरी,  इङव्वा हाइड्रो पावर,अपर स्याङ्गे हाइड्रो पावर कम्पनी, गुडवील फाइनान्स,अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यसैगरी, बढेको बजारमा मन्दाकिनी हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । विन्दबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, मिडसोलु हाइड्रो पावर,सिटीजन म्युचूल फण्ड कम्पनीको शेयर तथा इकाई मूल्य ७.३१ प्रतिशतदेखि ८.४१ प्रतिशतले घटेको छ ।

    यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहहरु मध्ये जीवन बीमा,लघुवित्त र म्युचुअल फन्ड बाहेक सबै उपसूहमा हरियाली छाएको छ । 

    यो दिन पनि सबैभन्दा बढी वित्त उपसमूह बढेको  छ। उक्त उपसमूह ७.६७ प्रतिशतले बढेको छ ।त्यस्तै विकास बैंक ३.०७ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.४९ प्रतिशतले बढेको छ ।त्यस्तै होटल एन्ड टुरिजम २.३७ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend