२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 7.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।सार्वजनिक मूल्यअनुसार आज कन्य च्याउको तुलनामा डल्ले च्याउ महँगो भएको छ ।

    आज कन्य च्याउको मूल्य प्रतिकिलो १५६ रुपियाँ तोकिएको छ भने डल्ले च्याउ प्रतिकिलो ३२६ रुपियाँमा किनबेच भइरहेको छ । कन्यको तुलनामा डल्ले च्याउ १७० रुपियाँले महँगो भएको हो । हिजो भने कन्य १६४ र डल्ले २९६ रुपियाँ किलोमा बिक्री भएको थियो ।

    मंगलबार ब्रोकाउलीको पनि भाउ बढेको छ । हिजो १५० रुपियाँ रहेको ब्रोकाउली ६० रुपियाँले बढेर आज २१० रुपियाँ कायम भएको कालिमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    कालिमाटीमा आज लोकल गोलभेंडा ५५, ठूलो गोलभेंडा ९५, रातो आलु ६७, प्याज ९५, बन्दा ७५, काउली ८५, डल्ले भन्टा ५५, लौका ५५, घिरौंला ३५, हरियो फर्सी ७५, कुरिलो ३५० र तामा ११० रुपियाँ किलोमा किन्न पाइन्छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend