२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जीवन बीमाको व्यवसाय डेढ खर्ब बढी, सबैभन्दा अगाडि कुन ? 


सञ्चार डबली
  • मंगलबार, साउन २९ २०८१
  • 7.5K
    SHARES

  • images
    जीवन बीमाको व्यवसाय डेढ खर्ब बढी, सबैभन्दा अगाडि कुन ? 


    काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन्। गत आवमा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरी कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा नेशनल लाइफले १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यसैगरी, तेस्रोमा एलआइसी नेपालले १८ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, हिमालयन लाइफले १६ अर्ब ६० करोड रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

    त्यसैगरी, एशियन लाइफले ८ अर्ब ५ करोड रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब २१ करोड रुपैयाँ र सानिमा रिलयान्स लाइफले ६ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

    समिक्षा अवधिमा मेट लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

    त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ , रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend