२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१३ प्रतिशतले बढ्यो बैंकहरुले तिर्ने आयकरः सबैभन्दा धेरै नबिलको अन्य बैंकको कति ?


सञ्चार डबली
  • सोमबार, साउन २८ २०८१
  • 6.8K
    SHARES

  • images
    १३ प्रतिशतले बढ्यो बैंकहरुले तिर्ने आयकरः सबैभन्दा धेरै नबिलको अन्य बैंकको कति ?


    काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले बैंकहरुले सरकारलाई २९ अर्ब २६ करोड ९६ लाख ७ हजार रुपैयाँ आयकर तिर्नुपर्ने भएकाे छ । बैंकहरूले हालै सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा साे रकम बराबरकाे आयकर तिर्नुपर्ने देखिएकाे हाे । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार वाणिज्य बैंकहरुले सरकारलाई कर तिर्ने गरेका छन् ।

    तथ्यांकअनुसार गत आवमा बैंकहरुले तिर्ने कर १३ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७९/८० मा २० वाणिज्य बैंकहरुले २५ अर्ब ९६ करोड ४२ लाख ४७ हजार रुपैयाँ आयकर तिरेका थिए । गत आवमा नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ७३ करोड ५२ लाख ४३ हजार रुपैयाँ आयकर तिर्नेछ। नबिलपछि प्रभु बैंकले २ अर्ब ५७ करोड ३६ लाख २६ हजार रूपैयाँ तिर्नुपर्ने छ । सबैभन्दा धेरै आयकर तिर्नेमा तेस्राे स्थानमा ग्लाेबल आईएमई बैंक रहेकाे छ । बैंकले गत आवमा २ अर्ब ५५ करोड १२ लाख ६४ हजार रुपैयाँ आयकर तिर्नुपर्ने तथ्यांकमा उल्लेख छ ।

    यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९० करोड ४ लाख १७ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड ९४ लाख ५७ हजार रुपैयाँ, प्राइम कर्मशियल बैंकले १ अर्ब ६५ करोड ३९ लाख १७ हजार रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ६४ करोड ३ लाख १५ हजार रुपैयाँ, कुमारी बैंकले १ अर्ब ६२ करोड ५ लाख २८ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड ८१ लाख २३ हजार रुपैयाँ आयकर तिर्नुपर्ने भएकाे छ ।

    सिद्धार्थ बैंकले १ अर्ब ३४ करोड ४५ लाख ७० हजार, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ करोड ५७ लाख ३३ हजार र नेपाल बैंकले एक अर्ब २३ करोड ४६ लाख ९५ हजार रुपैयाँ आयकर तिर्नुपर्ने छ। यस्तै, हिमालयन बैंकले १ अर्ब २० करोड ८३ लाख २२ हजार, एनएमबि बैंकले १ अर्ब ६६ लाख २६ हजार, सानिमा बैंकले ९७ करोड २३ लाख ७६ हजार, नेपाल एसबीआई बैंकले ८६ करोड ५३ लाख २८ हजार, सिटिजन्स बैंकले ७४ करोड ४३ लाख ७७ हजार, माछापुच्छ्रे बैंकले ६९ करोड पाँच लाख १५ हजार र एनआईसी एशिया बैंकले ५४ करोड ९३ लाख ९ हजार रुपैयाँ आयकर तिर्नुपर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend