२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, इपिएस कति ?


सञ्चार डबली
  • सोमबार, साउन २८ २०८१
  • 6.5K
    SHARES

  • images
    बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, इपिएस कति ?


    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो ।

     अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । उक्त आम्दानी ४१.४७ प्रतिशत बढेर ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

    यता, खुद बिमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

     बिमा कोषको आकार ३३ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend