२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई कर्जा दिने


सञ्चार डबली
  • सोमबार, साउन २८ २०८१
  • 5.9K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई कर्जा दिने

     

    काठमाडौं । नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् । ग्राहकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बाट यो सुविधा पाउने भएका हुन् ।

    एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यको घोषणा गरेको छ । 

    अब एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरूबाट फाइनान्स सुविधा प्राप्त गर्ने बताइएको छ ।

    यसरी गाडी किन्दा बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टका रूपमा बुझाउनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend