२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि


सञ्चार डबली
  • आइतबार, साउन २७ २०८१
  • 6.0K
    SHARES

  • images
    एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि


    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ ।गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

     अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । असार मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

     अघिल्लो वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू २१ करोड रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसाले बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend