२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • आइतबार, साउन २७ २०८१
  • 6.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । कालीमाटीमा तरकारी तथा फलफूलको भाउ पुन बृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज ब्रोकाउली प्रतिकेजी १७० रुपैयाँबा बढेर २२६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    त्यस्तै, हरियो अकबरे खुर्सानी प्रतिकेजी ३०० रुपैयाँबाट बढेर ३७६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २५ रुपैयाँ ६७ पैसाबाट बढेर ३० रुपैयाँ, टनेल सानो गोलभेडा ३३ रुपैयाँ ४० पैसाबाट बढेर ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर ९६ रुपैयाँबाट बढेर १०५ रुपैयाँ कायम गरिएको छ । 

    यसैगरी, स्थानीय काउली प्रतिकेजी ७६ रुपैयाँबाट बढेर ८५ रपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँबाट बढेर ९६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला २४ रुपैयाँबाट बढेर २७ रुपैयाँ ६७ पैसा, तने बोडी ६५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँबाट बढेर ८५ रुपैयाँ, लोकल घिउ सिमी ६२ रुपैयाँबाट बढेर ९० रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, हाइब्रीड घिउ सिमी प्रतिकेजी ६० रुपैयाँबाट बढेर ९५ रुपैयाँ, तितो करेला २७ रुपैयाँबाट बढेर ३५ रुपैयाँ, लौका ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ, लोकल परवर ५६ रुपैयाँबाट बढेर ७५ रुपैयाँ, तराई परवर ७५ रुपैयाँ, झिगुनी ५५ रुपैयाँ र हरियो डल्लो फर्सी प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ । 

    यसैगरी, रायोको साग प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसाबाट बढेर ११० रुपैयाँ, जिरीको साग १२६ रुपैयाँ ६७ पैसा, सेलरी २७६ रुपैयाँ ६७ पैसा, पुदीना ५७६ रुपैयाँ ६७ पैसा, तामा ११० रुपैयाँ, गुन्द्रुक २७६ रुपैयाँ ६७ पैसा, अनार ३७६ रुपैयाँ ६७ पैसा र कालो अंगुर ४२६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    लोकल काक्रो प्रतिकेजी ७५ रुपैयाँ, हाइब्रीड काक्रो ४५ रुपैयाँ, किवि ५२६ रुपैयाँ ६७ पैसा, आभोकाडो ५७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ७५ रुपैयाँ, हरियो लसुन १७० रुपैयाँ, छडी ताजामा माछा २५० रुपैयाँ र सिताके च्याउ ९७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend