२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रभु बैंकको ३१५औं नयाँ शाखा प्युठानको बिजुवारमा 


सञ्चार डबली
  • शुक्रबार, साउन २५ २०८१
  • 6.6K
    SHARES

  • images
    प्रभु बैंकको ३१५औं नयाँ शाखा प्युठानको बिजुवारमा 


    काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका–४ स्थित बिजुवारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।२५ साउनमा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जीसीले बैंकको ३१५औं शाखाको उद्घाटन गरेका हुन् ।

    सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । जसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास बैंकको छ ।

    बिजुवार शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend