२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्यः बढ्यो आलु, गोलभेडाको भाउ


सञ्चार डबली
  • शुक्रबार, साउन २५ २०८१
  • 6.1K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्यः बढ्यो आलु, गोलभेडाको भाउ


    काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा केही तरकारी र फलफूलको मूल्य बृद्धि भएको छ । कालीमाटी तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य सूची अनुसार आज आलु, गोलभेडा, काउली, सिमीलगायतका तरकारीको भाउ बढेको हो । आज ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा पुगेको छ भने सानो लोकल गोलभेडाको भाउ पनि २२ रुपैयाँ ५० पैसा पुगेको छ । 

    यसैगरी, टनेल गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ८० पैसा, रातो आलु ६८ रुपैयाँ, रातो आलु -भारतीय- ५७ रुपैयाँ ५० पैसा,  सेतो आलु ५३ रुपैयाँ ५० पैसा, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँबाट बढेर ११६ रुपैयाँ पुगेको छ । 

    यसैगरी तराई गाजर प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ६५ रुपैयाँ, तराई बन्दा ४६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १०५ रुपैयाँ र भटमासकोशा १५५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, चिचिण्डो प्रतिकेजी २३ रुपैयाँ ८० पैसा, घिरौला ३६ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, डल्लो फर्सी ७६ रुपैयाँ ६७ पैसा, न्यूरो ९६ रुपैयाँ ६७ पैसा, तोफु १५६ रुपैयाँ ६७ पैसा र कागती २६० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend