२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

क्रिकेट मिट्स टेक्नोलोजी : आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त


सञ्चार डबली
  • शुक्रबार, साउन २५ २०८१
  • 5.9K
    SHARES

  • images
    क्रिकेट मिट्स टेक्नोलोजी : आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

    सञ्चार डबली
    शुक्रबार, साउन २५, २०८१ 
    काठमाडौं । टेक्नो नेपालको ब्रान्ड एम्ब्यासडरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटरद्वय आरिफ शेख र आसिफ शेख नियुक्त भएका छन् । राजधानीको होटेल हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै टेक्नोले आफ्ना नयाँ ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरेको हो । उक्त अवसरमा टेक्नोको नेपाली उपभोक्ताहरूको रोजाइ अनुसार मोबाइल ल्याउने पनि प्रतिबद्धता जनाएको छ ।

    विश्वका ७० भन्दा धेरै देश र पाँच महादेशमा उपलब्ध टेक्नो मोबाइल अफ्रिकी महादेशमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड समेत हो । सस्तो मूल्यमा आकर्षक स्मार्टफोन प्रस्तुत गरिरहेको टेक्नो मोबाइलले विश्वका उदीयमान बजारहरूमा जबरजस्त प्रभाव जमाउन सफल भएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। आज, टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट ज्ष्इक् अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ ।

    नेपाली क्रिकेटर द्वय आरिफ र आशिफसँगको सहकार्यले टेक्नो मोबाइलले आफ्नो ट्याग लाइन बनाएको स्टप एन्ड नथिङको भावलाई दर्साउनेमा विश्वस्त रहेको टेक्नो मोबाइलका सिईओ अरिजित तलपात्राको भनाइ छ । आरिफ र आशिखलाई टेक्नो ब्रान्डको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित रहेको भन्दै उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एन्ड एट नथिङसँग मेल खाने उल्लेख गर्दै टेक्नोसँगको सहकार्यले टेक्नो ब्रान्ड र नेपाली क्रिकेटरको सहकार्यले युवाहरुको संलग्नतालाई अझ नयाँ ऊर्जा दिलाउने विश्वास गरे ।  

    उक्त अवसरमा टेक्नो ब्रान्डको ब्रान्ड एम्बेसडर नियुक्त भएका आरिफ र आशिखले टेक्नो र आफूहरूको सहकार्यले टेक्नोका ग्राहक र नेपाली क्रिकेटरहरूलाई संलग्न गराउने सम्भावनाबाट उत्साहित रहेको भन्दै टेक्नोको उत्कृष्ट प्रविधिले आफूहरूको खेलमा पनि उत्कृष्टता प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    टेक्नो नेपालका आधिकारिक प्रतिनिधि सन्तोष भण्डारीले आरिफ, आशिफसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै नेपालले क्रिकेटमा गरेको अतुलनीय प्रदर्शन जस्तै टेक्नोले पनि नेपाली ग्राहकहरूमाझ आफ्नो शतप्रतिशत प्रदर्शन प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपालका ७ प्रदेश सहित ७७ जिल्लामा बलियो उपस्थिति जनाएको टेक्नो मोबाइलले १० प्रतिशत बजार हिस्सा ओगटेको छ । अहिले टेक्नो मोबाइल नेपालको पाँचौँ ठुलो मोबाइल ब्रान्डको रूपमा स्थापित छ ।

    नेपालभर ५० सेवा केन्द्रहरूबाट आफ्नो सेवा प्रदान गरिरहेको टेक्नो मोबाइल बिक्रीपछि १०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने एक मात्र ब्रान्ड हो । टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको नेपालको पाँचौँ ठुलो ब्रान्डको रूपमा स्थापित टेक्नो मोबाइल आगामी एक वर्षभित्रमा नेपालको दोस्रो मोबाइल ब्रान्ड बन्ने लक्ष्य सहित आक्रामक बजार विस्तारमा लाग्ने रणनीति अख्तियार गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend