२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार


सञ्चार डबली
  • बिहीबार , साउन २४ २०८१
  • 6.5K
    SHARES

  • images
    नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार

    काठमाडौं, साउन २४ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो ।

    यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

    आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८.०४ प्रतिशतले घटेको छ ।

    यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend