२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 मनसुन सक्रिय भएसँगै बढ्यो फलफूल तथा तरकारीको भाउ


सञ्चार डबली
  • बुधबार, साउन २३ २०८१
  • 6.5K
    SHARES

  • images
     मनसुन सक्रिय भएसँगै बढ्यो फलफूल तथा तरकारीको भाउ


    काठमाडौं ।  मनसुन पुन सक्रिय भएसँगै कालीमाटीमा च्याउदेखि हरियो तरकारीसम्मको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज अधिकांश तरकारीको भाउ बढेको हो । 

    आज ठुलो ९नेपाली० गोलभेडाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडाको मूल्य १६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा २५ रुपैयाँ ८० पैसा, मुडेको रातो आलु ५४ रुपैयाँ र सेतो आलु ५३ ूरुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी, सुकेको प्याजको औसत मूल्य प्रतिकेजी १०२ रुपैयाँ ५० पैसा, लोकल गाजर ९६ रुपैयाँ र तराई गाजर ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    यसैगरी, लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँबाट बढेर ६६ पुगेको छ भने तराई बन्दा ५६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँबाट बढेर ११३ रुपैयाँ ३३ पैसा पुगेको छ भने ज्यापु काउली ८५ रुपैयाँबाट बढेर १३० रुपैयाँ कायम भएको छ । 

    यसैगरी रातो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, तने बोडी ६६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल सिमी ६८ रुपैयाँ, हाइब्रीड सिमी ७० रुपैयाँ, राजमा सिमी १३० रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, भटमासकोशा १५२ रुपैयाँ ५० पैसा, तितो करेला ४६ रुपैयाँ, लौका ४५ रुपैयाँ परवर ६५ रुपैयाँ, चिचिण्डो ४४ रुपैयाँ ४३ पैसा, घिरौला ३६ रुपैयाँ र पाकेको फर्सी ५८ रुपैयाँ ३३ पैसा पुगेको छ । 

    यसैगरी, तोरीको सागको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ, कन्य च्याउ १९६ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ ३३ पैसा, न्यूरो ९६ रुपैयाँ ६७ पैसा, पार्सले ८५ रुपैयाँ, पुदीना ६२५ रुपैयाँ, अनार ३९० रुपैयाँ, मालदह आँप १९० रुपैयाँ, दसहरी आँप १९० रुपैयाँ, चोसा आँप १९० रुपैयाँ, कालो अंगुर १७५ रुपैयाँ, हरियो खुर्सानी ९६ रुपैयाँ, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, माछे खुर्सानी ७६ रुपैयाँ ६७ पैसा र अकबरे खुर्सानी ३७५ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, भेडे खुर्सानी प्रतिकेजी १२२ रुपैयाँ, हरियो धनिया १२६ रुपैयाँ ६७ पैसाबाट बढेर ३५० रुपैयाँ, सुकेको लसुन २४६ रुपैयाँ, सुकेको लसुन ९नेपाली० २३३ रुपैयाँ ३३ पैसा, हरियो छ्यापी २४५ रुपैयाँ र सिताके च्याउ ९७५ रुपैयाँ पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend