२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआईसी एशिया बैंकले राख्यो विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, साउन २२ २०८१
  • 6.5K
    SHARES

  • images
    एनआईसी एशिया बैंकले राख्यो विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा

     

    काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ४ वटा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको हो ।बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर आज साउन २२ गतेदेखि बिक्रीमा राखेको हो ।

    बैंकका अनुसार निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    उक्त सेयरो मूल्य निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानीको प्रतिकित्ता ८३३ रुपैयाँ, सूर्योदय वोमीको प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योतिको प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन २९ गतेभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले न्यूनतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend