२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारी बजार मूल्य 


सञ्चार डबली
  • मंगलबार, साउन २२ २०८१
  • 6.7K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारी बजार मूल्य 


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको मूल्यसूची प्रकाशित गरेको छ । आज कालीमाटीमा सबैभन्दा सस्तो लोकल सानो गोलभेडाको औसत मूल्य सबैभन्दा कम प्रतिकेजी १५ रुपैयाँ तोकिएको छ भने सिताके च्याउ सबैभन्दा महँगो प्रतिकेजी ९५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज ठुलो नेपाली गोलभेडा, हरियो डल्लो फर्सी र हरियो माछो खुर्सानीको भाउ प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा २२ रुपैयाँ ७५ पैसा, रातो आलु ७० रुपैयाँ, रातो आलु (भारतीय) ५७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ९भारतीय०को मूल्य १०१ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    यसैगरी, आज लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, तराई गाजर, लप्सी, लोकल काक्रो, चुकुन्दर, रातो बन्दा र मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, लोकल बन्दा, तराई बन्दा, लाम्चो भन्टा, तितो करेला र रुख कहर प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

    स्थानीय काउली प्रतिकेजी ८५ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ११० रुपैयाँ, रातो मूला, हाइब्रीड काक्रो ३५ रुपैयाँ, लाम्चो भन्टा, तने बोडी, तोरीको साग, भिण्डी, पाकेको फर्सी, झिगुनी, तराई परवर र घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, राजमा सिमी १२५ रुपैयाँ, भटमासकोशा १५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, पालूगो साग १३३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरीलो ४२६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, ब्रोकाउली २१० रुपैयाँ, जिरीको साग २२६ रुपैयाँ ६७ पैसा र पार्सले ७५० रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend