काठमाडौं, साउन २१ । सांसद डा. अमेरशकुमार सिंहले सेयर बजारमा सोझा जनतालाई ठग्न खोजिएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सेयर बजारमा चलखेल भइरहेको भन्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
सरकारको नियमन नहुँदा सहकारीको मारमा नेपाली जनताले अर्बाै रुपैयाँ गुमाएको टिप्पणी गरे । त्यसरी नै अहिले कृत्रिम तरिकाले सेयरको भाउ बढाइएको उनको भनाइ छ ।
उनले ब्रोकर र इन्भेस्टरको र्काटेलिङबाट एक महिनामा एउटा कम्पनीको मूल्य ६०० बाट २१५४ रुपैयाँ पुगेको बताए ।
उनले नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि ६०० रुपैयाँ रहेको सेयरको भाउ एक महिनापछि २१५४ पुगेको बताए । “१३४ रुपैयाँ बुक भ्यालु छ, नाफा र आम्दानी हेर्दा त्यसको मूल्य कसरी यति भयो,” उनले प्रश्न गरे ।


