२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आईएमई बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,  ४ प्रतिशत नाघ्यो निष्क्रिय कर्जा


सञ्चार डबली
  • सोमबार, साउन २१ २०८१
  • 7.0K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,  ४ प्रतिशत नाघ्यो निष्क्रिय कर्जा


    काठमाडौं। ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा १०.१ प्रतिशत घटेको छ ।बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब ६९ करोड रुपैयाँ थियो ।

    बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नुले नाफामा असर पारेको देखिन्छ । गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ६३ करोड छ । अघिल्लो पटक यस्तो आम्दानी १७ अर्ब १० करोड थियो । त्यस्तै लोन लस प्रोभिजनवापत ३ अर्ब ७४ करोड रुपैयाँ छुट्याएको छ ।

    नाफा खस्किँदा प्रतिसेयर आम्दानी पनि खस्किएको छ । पहिले १८ रुपैयाँ ७१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १६ रुपैयाँ ६५ पैसामा झरेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा छ ।

    बैंकले समयमै उठाउन नसकेको साँवा तथा ब्याज रकम (निष्क्रिय कर्जा) कुल कर्जामा ४.३७ प्रतिशत छ । यस्तो कर्जा पहिले ३.१५ प्रतिशत मात्रै थियो । बैंकको आधार दर ८.०९ प्रतिशत छ । सीडी रेसियो ७५.८७ प्रतिशतमा झरेको छ । निक्षेपका आधारमा बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको देखिन्छ ।

    बैंकको मुख्य बिजनेस (ऋण विस्तार) एक वर्षको अवधिमा ४.२ प्रतिशत बढेको छ । सोही अवधिमा निक्षेप संकलन भने १४ प्रतिशत बढेको छ । बैंकले कुल ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब कर्जा विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend