२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महालक्ष्मी विकास बैंकः  ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा प्रदान गर्ने 


सञ्चार डबली
  • आइतबार, साउन २० २०८१
  • 6.3K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकः  ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा प्रदान गर्ने 


    काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै सवारी र अन्य कर्जा प्रदान गर्ने भएको छ । बैंकले महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा ग्राहकहरुलाई उक्त प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्ने भएको हो ।

    महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीयरव्यापारिक घररजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थपरपुर्ननिर्माणरमर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने बैंकले बताएको छ ।

    साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यावसायिक कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । ‘विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैंकका अनुसार ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend