२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ :  गभर्नर अधिकारी


सञ्चार डबली
  • आइतबार, साउन २० २०८१
  • 7.3K
    SHARES

  • images
    मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ :  गभर्नर अधिकारी


    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । 

    आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१÷८२) को मौद्रिक नीतिमाथि नीजि क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नीजि क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरि ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए । 

    उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याइरहँदाखेरि अर्थतन्त्रका हिसाबले हामी कहाँ छौँ ? नेपालका अर्थतन्त्रका विभिन्न क्षेहरुको अवस्था कस्तो छ रु त्यसलाई आधार मानेर हामी के गर्न सक्छौं ? आधारभूत आवश्यकता के हो ? यसको आधारमा नीति ल्याएका छौं ।  अब यसले कसरी काम गर्छ भन्ने कुरामा भर पर्छ । राज्य र नीजि क्षेत्रको तर्र्फबाट आफ्नो ठाउँमा काम गरिएन र बहानाबाजी मात्रै गरियो भने यो शिथिलता कायम हुने डर हुन्छ । व्यापारमा उत्साह ल्याउनका लागि गरिएको यस अभ्यासलाई सबैले अनुशरण गर्नुपर्छ, चाहे राज्यसत्तामा बस्नेहरु होस्, चाहे नीजि क्षेत्रमा काम गरिरहने साथीहरु नै किन नहोस् ।’

    उनले केही ठाउँहरुमा केही क्षेत्रहरु नसमेटिएको भन्ने गुनासो समेत आउने गरेको उल्लेख गर्दै राष्ट्र बैंकले सबै क्षेत्रलाई समान व्यवहार गरेको बताए । नीजि क्षेत्रलाई स्वतन्त्रता दिइएको भएपनि आर्थिक अस्थिरता पैदा हुनेगरी काम गर्न नदिने उनको गभर्नर अधिकारीको भनाइ छ ।‘आर्थिक अस्थिरता हुनेगरी काम गर्न दिदैनौं । त्यसमा एकदमै सजक छौं । मौद्रिक नीतिले नीजि क्षेत्रको कुनै पनि आर्थिक क्रियाकलापमा असर पर्ला भनेर डराउनुपर्दैन । मौद्रिक नीतिले समग्रमा निर्माणमा सहयोग पुग्छ भन्ने आशा लिएका छौं,’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend