२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?


सञ्चार डबली
  • शुक्रबार, साउन १८ २०८१
  • 8.3K
    SHARES

  • images
    कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?

    काठमाडौं, साउन १८ । देशको नेतृत्व समालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी तलब नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रहेको छ। प्रधानमन्त्रीको  मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ रहेको छ भने गभर्नर अधिकारीको मासिक तलब त्यो भन्दा धेरै छ।

    राष्ट्र बैंकका अनुसार गभर्नरको मासिक तलब १ लाख ३६ हजार रहेको जनाइएको छ। यस्तै यो बाहेक उनले मासिक ८० हजार एक सय १० रुपैयाँ अन्य शीर्षकमा रकम लिइरहेका छन्। 

    यो रकम अर्थ मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री विष्णु पौडेलको मासिक तलबको बराबरी हो। जसमा उपप्रधानमन्त्री पौडेलको मासिक तलब ८४ हजार ६ सय ४० रुपैयाँ रहेको छ। 

    गभर्नरले प्रधानमन्त्रीको भन्दा ४१ हजार ७ सय २० रुपैयाँ बढी तलब पाउने गरेका छन्। यसका अतिरिक्त गभर्नरले मासिक रूपमा ६३ हजार ६० रुपैयाँ केन्द्रीय बैंक भत्ता, ९ हजार ६ सय खाजा खर्च र ७ हजार ४ सय ४० रुपैयाँ इन्टरनेट सुविधाको रकम प्राप्त गर्छन्। बैंकले किनेको महँगो गाडी अवकाशपछि निजी बनाउने सुविधा समेत गभलर्नरलाई छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend