२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन भएको छ : अर्थमन्त्री पौडेल


सञ्चार डबली
  • शुक्रबार, साउन १८ २०८१
  • 6.4K
    SHARES

  • images
    सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन भएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौं, साउन १८ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

    उनले सेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए । बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनामा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

    अर्थमन्त्री पौडेलले मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिनुपर्ने र यसको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend