२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंकक–भैरहवा सातामा चार दिन उडान गर्दै थाई एयर एसिया


सञ्चार डबली
  • शुक्रबार, साउन १८ २०८१
  • 10.2K
    SHARES

  • images
    बैंकक–भैरहवा सातामा चार दिन उडान गर्दै थाई एयर एसिया


    काठमाडौं । बैंकक मुख्यालय भएको थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।

    थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो ।

    ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।

    भैरहवामा अहिले सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौँबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौँ आउने गरेको छ ।

    निगम अघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा-मलेसिया र कुवेतको जजिरा एयरलाइन्सले कुवेतबाट उडान गरेका थिए । हाल यी दुवैले उडान स्थगन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend