२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकद्वारा सर्कुलर जारी


सञ्चार डबली
  • बिहीबार , साउन १७ २०८१
  • 6.5K
    SHARES

  • images
    मौद्रिक नीतिका व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकद्वारा सर्कुलर जारी

     

    काठमाडौं ।    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाकालाई एक सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको हो । केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

    यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। त्यस्तै, बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५.५ प्रतिशत कायम गरेको छ।

    साथै, कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएकोमा उक्त कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी भई किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि असल वर्गमा स्तरोन्नती हुनेगरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ।

    राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ६.५ प्रतिशत कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend