२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच विशेष सम्झौता


सञ्चार डबली
  • बिहीबार , साउन १७ २०८१
  • 5.9K
    SHARES

  • images
    नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच विशेष सम्झौता

     

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ  लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा बुधबार हस्ताक्षर भएको छ।

    सहमतिपत्रमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख सञ्चालन अधिकृत हेमन्त बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन्।

    उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत सेयर रजिस्ट्रेशनसम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ  लिमिटेडबाट हुने सहमति भएको जनाएको छ।

    यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड  २०६९/०५/३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ।

    यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत, बैंक र वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि बौद्दिक तथा प्रतिष्ठित व्यक्तित्व रहेका छन्।

    नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नेपाल एसबिआई सेयर बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर बैंकरजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ।

    कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ  लिमिटेडका पोख्रेलले सो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका बस्यालले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend