२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

शेयर कारोबारमा नयाँ रेर्कड : नेप्से ६४ अंकले बढ्दा ६४ करिब २२ अर्बको कारोबार, कसले कति कमाए ?


सञ्चार डबली
  • बुधबार, साउन १६ २०८१
  • 7.7K
    SHARES

  • images
    शेयर कारोबारमा नयाँ रेर्कड : नेप्से ६४ अंकले बढ्दा ६४ करिब २२ अर्बको कारोबार, कसले कति कमाए ?

    बुधवार, साउन १६ २०८१
    काठमाडौँ र नेपालको शेयर बजारमा आज नयाँ कीर्तिमान कायम भएको छ । शेयर कारोबार रकमले नयाँ कीर्तिमान रचेको हो ।

    आज बुधबार कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड थियो । 

    जुन हालसम्मकै उच्च थियो र आज त्यो ब्रेक तोडिएको छ । यस्तै, आज आज शेयर बजारमा ३३२ कम्पनीका ५ करोड ९ लाख ३८ हजार ५९७ कित्ता शेयर किनबेच भएके छ । 

    यस्तै, आज शेयर बजारमा भारी अङ्कले बृद्धि भएको छ । आज परिसूचक ६४.२५ अंकले बढेर २ हजार ७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ । 

    सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक

    आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।  आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक

    आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

    यी कम्पनीको सार्वधीक कारोबार 

    आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend