२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरसिप एक्सलेन्स अवार्ड, २०२४ सम्पन्न


सञ्चार डबली
  • बुधबार, साउन १६ २०८१
  • 8.5K
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरसिप एक्सलेन्स अवार्ड, २०२४ सम्पन्न

    बुधवार, साउन १६ २०८१

    काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सलेन्स अवार्ड, २०२४ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष स्  फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा देशभरीबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले आ.व २०८०/८१ मा गरेको आउस्ट्यान्डिङ पफर्मेन्सको लागि व्यक्तिगत र संचालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद प्रकट गरे ।

    कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आ.व.मा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरू तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरण तर्फ अग्रसर रहेको कुरा बताए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरूलाई गत आ।व। को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ।व। को व्यापार लक्ष्य पुरा गर्न शुरूबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए ।

    गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरूदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको र उनीहरूकै अथक मेहनत र परिश्रमका कारणनै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए ।

    उक्त विशेष समारोहमा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्ति गर्न सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई अन्तर मनदेखि धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक,  २२ जनालाई रत्न पदक र  १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

    त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट  क्रमशस् नेपाल प्रथम, दितिय र  तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश: नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend