२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कति भयो कारोबार ? 


सञ्चार डबली
  • मंगलबार, साउन १५ २०८१
  • 6.4K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको वृद्धि, कति भयो कारोबार ? 


    काठमाडौ । साताको तेस्रो कारोबार दिन सेयर बजार ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ ।आज नेप्सेमा कारोबार भएको आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ । उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।

    आज कम्पनीको ६० करोड १० लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३७ करोड ६७ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै उक्त दिन सोल्टी होटलको ३६ करोड ४३ लाख १ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख ८३ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको २७ करोड ७६ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend