२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 हिमालयन बैंकको बनेपा शाखा–२ स्थानान्तरण, पनौती शाखाको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने


सञ्चार डबली
  • सोमबार, साउन १४ २०८१
  • 6.9K
    SHARES

  • images
     हिमालयन बैंकको बनेपा शाखा–२ स्थानान्तरण, पनौती शाखाको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने

     

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा(२ लाई स्थानान्तरण गरेको छ ।

    साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट साउन १३ गतेदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।

    बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका छन् । 

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम,  ६ हजार ५ सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ्क सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend