२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सीआईटीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन 


सञ्चार डबली
  • सोमबार, साउन १४ २०८१
  • 6.1K
    SHARES

  • images
    सीआईटीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन 


    काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले साउन ७ गतेदेखि बिक्रीमा राखेको संस्थापक शेयर लिलामीमा आवेदन दिन आज  अन्तिम दिन रहेको छ । सीआईटीले एनआईशी एशिया बैंकको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ७०७  रुपियाँ तोकिएको यो शेयरको बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले भाग लिई खरिद आवेदन दिन पाउनेछन् ।  

    शेयर खरिद गर्दा न्यूनतम १० हजार कित्ता वा सोभन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।शेयर खरिद गर्न इच्छुकले आज कार्यालय समयभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता, प्रतिकित्ताको दररेट रकमलगायत विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

    बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend