२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

साउनमा उठेको ब्याज गत आर्थिक वर्षकै मान्न पाउने, सेयर बजारमा बैंकहरुको सेयर माग


सञ्चार डबली
  • आइतबार, साउन १३ २०८१
  • 6.4K
    SHARES

  • images
    साउनमा उठेको ब्याज गत आर्थिक वर्षकै मान्न पाउने, सेयर बजारमा बैंकहरुको सेयर माग


    काठमाडौं ।आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि सेयर बजारमा बैंकहरुको सेयरको माग बढेको छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने आशामा बैंकको सेयरको माग बढेको हो ।बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । वाणिज्य बैंकमा आएको वृद्धिले आइतबार नेप्सेमा दुईपल्ट सर्किट लागेको छ ।

    हालसम्म १९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा उच्च अंकको वद्धि आएको छ । प्रभु, एनएमबि, एनआईएमबी, ग्लोबल आईएमई बैंकको सेयर मूल्य १० प्रतिशतले बढिसकेको छ ।आइतबार सबै बैंकको सेयर मूल्य २०० रुपैयाँ नाघेको छ ।

    नबिल बैंकको सेयरधनीले सबैभन्दा बढी प्रतिकित्ता ५० रुपैयाँ १० पैसा कमाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य ५७ रुपैयाँले बढेको छ ।सेयर मूल्य बढी दरले बढ्ने सूचीमा शीर्ष १२ कम्पनीहरु वाणिज्य बैंक नै छन् । दोस्रो सर्किट लागुन्जेलसम्म वाणिज्य बैंक उपसूचक ८.९६ प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend