२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वैदेशिक रोजगारीः मलेसिया र खाडी राष्ट्र नै युवाहरुको पहिलो प्राथमिकता


सञ्चार डबली
  • आइतबार, साउन १३ २०८१
  • 7.8K
    SHARES

  • images
    वैदेशिक रोजगारीः मलेसिया र खाडी राष्ट्र नै युवाहरुको पहिलो प्राथमिकता


    काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ ।मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेको तथ्यांकले देखाएको छ । 

    वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०–८१ मा विदेश जानका लागि कुल सात लाख ४१ हजार दुई सय ९७ वटा श्रम स्वीकृति वितरण गरेको जनाएको छ । रहरले भन्दा पनि बाध्यताका कारण मलेसिया र खाडी राष्ट्रमा काम गर्न जानुपर्ने बाध्यताका कारण ती मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या उच्च देखिएको विभागले जनाएको हो ।  

    वितरण गरिएको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस ९यूएई०, कतार, कुवेत, ओमान र बहराइनमा काम गर्न दिइएको विभागले जनाएको छ ।  

    मलेसियाका लागि एक लाख तीन हजार चार सय ४२ जना जसमा पुरुष एक लाख एक हजार र महिला दुई हजार चार सय ४२०, साउदीका लागि एक लाख ४१ हजार पाँच सय दुईमध्ये पुरुष एक लाख ४० हजार छ सय ६६ र महिला आठ सय ३६०, यूएईका लागि एक लाख ९३ हजार चार सय ३८ जना जसमा पुरुष एक लाख ६६ हजार चार र महिला २७ हजार चार सय ३४०, कतारका लागि एक लाख ३४ हजार छ सय ६९ जना, जसमा पुरुष एक लाख २३ हजार आठ सय ५४ र महिला १० हजार आठ सय १५०, कुवेतका लागि ४० हजार तीन सय ६८ जसमा पुरुष ३० हजार दुई सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि पाँच हजार नौ सय १० जसमा पुरुष चार हजार छ सय सात र महिला एक हजार तीन सय तीन र बहराइनका लागि नौ हजार आठ सय छ जनामध्ये पुरुष आठ हजार छ सय ५४ र महिला एक हजार एक सय ५२० श्रम स्वीकृति वितरण गरिएको छ ।

    समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ । विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend