२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सूर्यज्योति लाइफको संस्थापक शेयर लिलाम बिक्रीमा,कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • आइतबार, साउन १३ २०८१
  • 7.1K
    SHARES

  • images
    सूर्यज्योति लाइफको संस्थापक शेयर लिलाम बिक्रीमा,कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जोकोहीले किन्न पाउनेछन् । प्रतिकित्ता न्यूनतम १७१ रुपियाँ तोकिएको शेयर बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

    इच्छुक लगानकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।आवेदन आजदेखि साउन १८ गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend