२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मौद्रिक नीतिः दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्न अझै चुनौती


सञ्चार डबली
  • शुक्रबार, साउन ११ २०८१
  • 6.6K
    SHARES

  • images
    मौद्रिक नीतिः दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्न अझै चुनौती


    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने चुनौती रहेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०८१÷८२ का मौद्रिक नीति सार्वजनिक गर्दैनेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलेमौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्टिगत माग विस्तारको लागि अधिक प्रयत्न गरिँदा सोहीअनुरुप वास्तविक क्षेत्रमा सुधार नहुने हो भने वित्तीय स्थायित्व जोखिममा पर्नसक्ने जानकारी गराए । 

    ‘अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमाभित्र आएको, बाह्य क्षेत्र सुधार भई विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेको र व्याजदर उल्लेख्य घटेको अवस्था छ। बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य साधन बढ्दै गएपनि कर्जा विस्तार अपेक्षित रुपमा बढ्न सकेको छैन । कर्जाको व्याजदर कम भएको अवस्थामा समेत आन्तरिक मागमा उल्लेख्य सुधार हुन नसकेको स्थितिमा मौद्रिक नीतिमार्फत मात्र कर्जाको माग सुधार गर्न कठिन हुने हुन्छ,’उनले भने,‘ मौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्टिगत माग विस्तारको लागि अधिक प्रयत्न गरिँदा सोहीअनुरुप वास्तविक क्षेत्रमा सुधार नहुने हो भने वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने हुन्छ। यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने चुनौती रहेको छ ।’

    उनले बैंकले सन् २००८ को वित्तीय संकट र कोभिड–१९ जस्तो विषम परिवेशमा अवलम्बन गरेका गैर–परम्परागत नीतिगत व्यवस्थाहरु हटाइएको पनि बताए । बैंकले समेत मौद्रिक नीति र समष्टिगत विवेकशील नियमनबीचको समन्वयमा जोड दिंदै आएको उनको भनाई छ  । विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात सकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको  र उत्पादनशील भौतिक पूर्वाधारको निर्माण, उत्पादनमूलक उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने गरी विदेशी विनिमय सञ्चितिको उपयोग गर्ने अवसर रहेको पनि उनले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend