२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शुक्रबार  मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी थालियो


सञ्चार डबली
  • बिहीबार , साउन १० २०८१
  • 6.6K
    SHARES

  • images
    शुक्रबार  मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी थालियो


    काठमाडौं । विशेषगरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ ।

    मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको  तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले वाँकी प्रक्रिया पुरा गर्ने जनाइएको छ ।कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

    मौद्रिक नीतिका बारेमा अर्थविद एवम सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend