२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 पछिल्लो ४८ वर्षमा नेपालको औषत आर्थिक वृद्धिदर ४.२३ प्रतिशत


सञ्चार डबली
  • बिहीबार , साउन १० २०८१
  • 6.6K
    SHARES

  • images
     पछिल्लो ४८ वर्षमा नेपालको औषत आर्थिक वृद्धिदर ४.२३ प्रतिशत


    काठमाडौं । नेपालको पछिल्लो ४८ वर्षमा औषत आर्थिक वृद्धिदर ४.२३ प्रतिशतले मात्र भएको देखिएको छ । अर्थसचिव सहितका उच्च अधिकारीहरुको टोलीले मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई पछिल्लो अर्थतन्त्रको बारेमा ब्रिफिङ गर्ने क्रममा यस्तो तथ्यांक देखाएका हुन् ।

    आर्थिक वृद्धिदर न्यून हुनुमा विभिन्न कारण देखाइएको छ । खासगरी न्यून उत्पादकत्व, औद्योगिक क्षेत्रको योगदान घट्दै जानु, आयातमा आधारित राजस्व, कमजोर निकासी र बढ्दो व्यापार घाटालाई न्यून आर्थिक वृद्धिका कारक मानिएको छ ।

    यसैगरी राजस्व र खर्चको वृद्धि अझै न्यून रहनु, पुँजीगत खर्चको प्रभावकारिता न्यून देखिनु, पर्याप्त तयारीबिना बजेट प्रस्ताव गर्ने प्रवृत्ति, ऋणको मात्रा बढ्दै जानु र भुक्तानी दायित्व उच्च हुनु, विकास पूर्वाधारमा लगानीको लागि वित्त बचत (फिस्कल स्पेस) न्यून रहनुजस्ता कारण पनि आर्थिक विकासमा बाधकका रुपमा देखाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend