२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

६६.९३ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, यस्तो छ आर्थिक बर्ष २०८०/८१ को वित्तीय अवस्था


सञ्चार डबली
  • बुधबार, साउन ९ २०८१
  • 6.9K
    SHARES

  • images
    ६६.९३ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, यस्तो छ आर्थिक बर्ष २०८०/८१ को वित्तीय अवस्था

    काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ मा कामना सेवा विकास बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय विवरण अनुसार एक आर्थिक बर्षमा यस बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

    यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यता, बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा पनि बढ्न पुगेको छ । समिक्षा अवधीमा बैंकको सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ। आव २०७९/८० मा ६३ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस बैंकले आव २०८०.८१ मा ९७ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जान गरेको हो ।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ। यस्तै, गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकको लाभांश वितरण क्षमता करिब ११ प्रतिशत देखिन्छ।

    चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ।

    समीक्षा वर्षमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा वर्षमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ। अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो।

    समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो। ईपीएस ६६.९४ प्रतिशतले बढेको छ। बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend