२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला


सञ्चार डबली
  • मंगलबार, साउन ८ २०८१
  • 6.1K
    SHARES

  • images
     निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला


    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले  आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend