२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सूर्योदय वोमीको एफपीओमा आवेदन दिने अन्तिम दिन आज 


सञ्चार डबली
  • मंगलबार, साउन ८ २०८१
  • 6.9K
    SHARES

  • images
     सूर्योदय वोमीको एफपीओमा आवेदन दिने अन्तिम दिन आज 


    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ ।लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेहुन्छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते साँझ ५ः०७ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।

    यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend