२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 


सञ्चार डबली
  • मंगलबार, साउन ८ २०८१
  • 6.4K
    SHARES

  • images
     आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 

     

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । 

    मंगलबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ । 

    जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ । 

    त्यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

    यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३६ रुपैयाँ ९३ र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend