२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई  विशेष छुट 


सञ्चार डबली
  • सोमबार, साउन ७ २०८१
  • 8.3K
    SHARES

  • images
    इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई  विशेष छुट 


    काठमाडौं । इशान अस्पतालमा ग्लोबल आइएमई बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त निर्णय गरिएको हो ।

    उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा.डा. रामनन्दन पी.चौधरीको विशेष उपस्थिति रहेको थियो ।

    यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट-क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

    अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरू साथ–साथ आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend