२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आइटेलको नयाँ स्मार्टफोन बजारमा, व्यवसायीलाई १० प्रतिशत मार्जिन 


सञ्चार डबली
  • बिहीबार , असार २७ २०८१
  • 8.4K
    SHARES

  • images
     आइटेलको नयाँ स्मार्टफोन बजारमा, व्यवसायीलाई १० प्रतिशत मार्जिन 


    काठमाडौं । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ ।नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी ५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो ।

    सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् ।आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।

    ग्राहकले उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए ।

    उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले मोडलमा १२ महिनाको वारेन्टी तथा एकसय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।

    ब्यवसायीलाई १० प्रतिशत मार्जिन
    आइटेलले मोबाइल ब्यवसायमा आवद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनैपनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिनेगरि सम्झौता गरेको छ ।मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भन्डारीले लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन ।भन्डारीले अबदेखि आइटेलका कुनै पनि सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend