२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्दै सूर्योदय वोमी लघुवित्त


सञ्चार डबली
  • बिहीबार , असार २७ २०८१
  • 8.0K
    SHARES

  • images
    साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्दै सूर्योदय वोमी लघुवित्त


    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।इच्छुक सर्वसाधारणले साउन ८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् । सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

    संस्थाले ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्दैछ । अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गर्ने भएको हो । बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    बिहीबार सार्वजनिक आह्वान पत्र जारी गर्दै क्यापिटलले एफपीओ निष्कासनबारे जानकारी गराएको हो । कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी घ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend