२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजेट छाप्ने काम मध्यरातमा, सहमति नजुटे बजेटमा पनि प्रतिपक्षी दलको अवरोध


सञ्चार डबली
  • सोमबार, जेठ १४ २०८१
  • 8.9K
    SHARES

  • images
    बजेट छाप्ने काम मध्यरातमा, सहमति नजुटे बजेटमा पनि प्रतिपक्षी दलको अवरोध

    काठमाडौं, जेठ १४ ।अर्थमन्त्री बर्षमान पुनले आगामी साउन १ गतेदेखि शुरु हुने आर्थिक वर्ष २०८१/०८२ का लागि  करिब १९ अर्ब रुपैयाँ बराबरको  बजेट संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी छ ।

    अर्थमन्त्री राष्ट्रिय योजना आयोगले दिएको ’सिलिङ’ भन्दा कम्तिमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारीमा छन् ।गत वर्षको जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट अनुमान गरेको सरकारले पुससम्मको अवस्था हेरेर उक्त विनियोजन अनुमान २ खर्ब २० अर्ब जतिले घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँ कायम गराएको थियो।

    बजेट पेस गर्नका निम्ति मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बोलाइएको छ । गत वर्ष माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारमा माओवादीकै तर्फबाट अर्थमन्त्री बनेका पुनले आगामी आवको बजेट घोषणा गर्ने छन् ।

    त्यसो त बजेट छाप्ने काम भने मंगलबार मध्यरातबाट शुरु हुँदैछ । सिंहदरवार परिसरमा रहेको मुद्रण विभागको प्रेसमा बजेट छापिने छ । सिंहदरबार परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    प्रमुख प्रतिपक्षी दलको अवरोध कायम रहेकाले यसपालिको बजेट भाषण तुलनात्मक रूपमा छोटो हुने स्रोतले बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यो पटक वितरणमुखी कार्यक्रमहरु राख्नका लागि दबाब दिएका कारण बजेटको आकार अस्वाभाविक छ।

    स्रोतका अनुसार अर्थमन्त्रीले २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर बजेट ल्याउन लागेका छन्  । जसका लागि आन्तरिक र बाह्य ऋणको आकार बढाउने लक्ष्य छ ।

    उता सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नजुटे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट भाषणका दौरान पनि संसदमा अवरोध जारी राख्ने भएको छ । 

    सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।

    बैठकबारे जानकारी दिँदै पूर्व  अर्थमन्त्री प्रकाशशरण महतले संसदीय छानबिन समितिबारे आफ्नो पार्टीको अडान यथावत् रहेको र त्यो पूरा नभए संसदमा अवरोध जारी राख्ने बताए । 

    बजेट भनेको के हो ?

    गत आर्थिक वर्षका आर्थिक गतिविधिको अभिलेखन, चालू आर्थिक वर्षका आर्थिक गतिविधिको चित्रण र आगामी वर्षका गतिविधिको प्रक्षेपित अनुमानको आर्थिक दस्तावेज नै बजेट हो । सामान्यतया, एक आर्थिक वर्षका लागि तयार गरिएको सरकारको आय र व्ययको अनुमानित विवरणलाई बजेट भनिन्छ ।

    बजेट भनेको कुनै खास आर्थिक वर्षको लागि सरकारको आम्दानी र खर्चको विवरणसहित घोषणा गरिने कार्यक्रमको संगालो पनि हो ।विसं २००८ सालमा घोषणा गरिएको प्रथम बजेटमा आयतर्फ ३०५ लाख रुपैयाँ र व्ययतर्फ ५२५ लाख रुपैयाँ अनुमान गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend