२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक


सञ्चार डबली
  • सोमबार, जेठ १४ २०८१
  • 6.8K
    SHARES

  • images
    बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक

    २०८१, जेठ १४ गते

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आगामी आर्थिक वर्षको बजेटको अघिल्लो दिन अर्थात सोमबार अन्तिम २ मिनेटमा बढेको छ । नेप्से बढेसँगै कारोबार पनि ४ अर्बको नजिक पुगेको छ । 

    आज नेप्से २.९३ अंकले बढेर २११३.१७ विन्दु कायम भएको छ । नेप्से बढेसँगै ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक किनबेच भएको छ । 

    आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज फ्लोट इन्डेक्स ०.०७ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले घटेको छ । 

    आज समूहगत परिसूचकमा उत्पादनमा उछाल आएको छ । आज उत्पादन समूह ५०.७२ अंकले बढेको छ । १३ वटा समूहमध्ये ३ वटा समूहको शेयर मूल्य घटेको छ भने १० वटा समूहको शेयर मूल्य बढेको छ । 

    मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र कालिञ्चोक दर्शन कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend